प्रदर्शनको दुई दिनमै सन् २०२६ को शीर्ष १० मा प्रवेश गर्यो ‘दृश्यम: द कन्क्लुजन’

मुम्बई, १९ असोज । अजय देवगन अभिनित चलचित्र ‘दृश्यम: द कन्क्लुजन’ ले बक्स अफिसमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै प्रदर्शनको दुई दिनमै सन् २०२६ को सर्वाधिक कमाइ गर्ने शीर्ष १० चलचित्रको सूचीमा प्रवेश गरेको छ।

चलचित्रले शुक्रबार ६२.०३ करोड र शनिबार अनुमानित ५०.९५ करोड रुपैयाँ कमाएसँगै भारतमा यसको कुल खुद (नेट) सङ्कलन ११२.९८ करोड रुपैयाँ पुगेको छ। प्रदर्शनमा आएको मात्र ४८ घण्टामै यो स्तरको कमाइ हुनुलाई असाधारण उपलब्धिका रूपमा हेरिएको छ।

सन् २०२६ को बक्स अफिस सूचीको शीर्ष स्थानमा १,१०८.०९ करोड रुपैयाँको विशाल कमाइसहित ‘धुरन्धर: द रिभेन्ज’ रहेको छ। त्यस्तै, ३४१.७० करोड रुपैयाँसहित ‘बोर्डर २’ दोस्रो, ३०५.३६ करोड रुपैयाँसहित ‘हनुमान अंश’ तेस्रो र २१३.४१ करोड रुपैयाँसहित ‘मिर्जापुर – द मुभी’ चौथो स्थानमा रहेका छन्। यसपछि क्रमशः ‘भूत बंगला’ १६८.२६ करोड, ‘धमाल ४’ (१६३.८० करोड), ‘आवारापन २’ (१४६.१४ करोड), ‘टक्सिक’ (१३२.९८ करोड) र ‘वेलकम टु द जंगल’  (१३०.७९ करोड) रहेका छन्। ‘दृश्यम: द कन्क्लुजन’ ११२.९८ करोड रुपैयाँसहित दशौँ स्थानमा प्रवेश गरेको छ।

अन्य चलचित्रहरूले हप्तौँ वा महिनाौँ लगाएर बनाएको कमाइको कीर्तिमानलाई ‘दृश्यम: द कन्क्लुजन’ ले प्रदर्शनको दुई दिनमै भेटाउनु यस उपलब्धिलाई विशेष र उल्लेखनीय बनाउँछ।

चलचित्रको सुरुवाती प्रदर्शन (ओपनिङ) पनि उत्तिकै प्रभावशाली देखिएको छ। पहिलो दिन ६२.०३ करोड रुपैयाँ कमाउँदै यो चलचित्र सन् २०२६ मा ‘धुरन्धर: द रिभेन्ज’ पछि दोस्रो ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ। साथै, यसले हिन्दी सिनेमाको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ गर्ने शीर्ष ५ चलचित्रभित्र समेत स्थान बनाएको छ।

आइतबारको कमाइ जोडिन बाँकी नै रहेकाले ‘दृश्यम: द कन्क्लुजन’ शीर्ष १० को सूचीमा अझ माथि उक्लने अपेक्षा गरिएको छ। सुरुवाती दुई दिनको रफ्तार हेर्दा यो चलचित्र धेरै समय १०औँ स्थानमा सीमित नरहने देखिन्छ।

सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने शीर्ष १० चलचित्रहरू:
धुरन्धर: द रिभेन्ज – १,१०८.०९ करोड रुपैयाँ

बोर्डर २ – ३४१.७० करोड रुपैयाँ

हनुमान अंश – ३०६.७६ करोड रुपैयाँ

images

मिर्जापुर – द मुभी – २१३.४१ करोड रुपैयाँ

भूत बंगला – १६८.२६ करोड रुपैयाँ

images

धमाल ४ – १६३.८० करोड रुपैयाँ

आवारापन २ – १४६.१४ करोड रुपैयाँ

images

टक्सिक – १३२.९८ करोड रुपैयाँ

वेलकम टु द जंगल – १३०.७९ करोड रुपैयाँ

दृश्यम: द कन्क्लुजन – ११२.९८ करोड रुपैयाँ