विश्व इतिहासमा अक्टोबर ९, चे ग्वेभेराकाे हत्या भएकाे दिन

विश्व इतिहासमा अक्टोबर ९ (October 9) का दिन घटेका केही प्रमुख राजनीतिक, सामाजिक तथा ऐतिहासिक घटनाक्रमहरू मध्ये प्रसिद्ध ल्याटिन अमेरिकी क्रान्तिकारी नेता चे ग्वेभेरा लाई बोलिभियाली सेनाले पक्राउ गरी हत्या गरेको थियो।

चे ग्वेभेराको हत्या (सन् १९६७): प्रसिद्ध ल्याटिन अमेरिकी क्रान्तिकारी नेता चे गेभारालाई बोलिभियाली सेनाले पक्राउ गरी हत्या गरेको थियो। उनी क्युबाली क्रान्तिका प्रमुख पात्र तथा विश्वभरि साम्यवादी र क्रान्तिकारी आन्दोलनका प्रतीक मानिन्छन्।

युगान्डाको स्वतन्त्रता (सन् १९६२): अफ्रिकी मुलुक युगान्डाले बेलायती उपनिवेशबाट पूर्ण स्वतन्त्रता प्राप्त गरेको थियो। यससँगै मिल्टन ओबोटे स्वतन्त्र युगान्डाका प्रथम प्रधानमन्त्री बनेका थिए।

 

विश्व हुलाक संघको स्थापना (सन् १८७४): स्वीट्जरल्यान्डको बर्नमा ‘टेराेटी अफ बर्न’ मा हस्ताक्षर भई ‘जनरल पोस्टल युनियन’ अर्थात हालको वर्लड हुलाक युनियनको स्थापना भएको थियो। यसै दिनको सम्झनामा हरेक वर्ष अक्टोबर ९ लाई विश्व हुलाक दिवसका रूपमा मनाइन्छ।

मलाला युसुफजईमाथि आक्रमण (सन् २०१२): पाकिस्तानमा बालिका शिक्षाको अधिकारका लागि आवाज उठाउने क्रममा १५ वर्षीया मलाला युसुफजईलाई तालिवानी बन्दुकधारीले गोली हानेर गम्भीर घाइते बनाएका थिए। आक्रमणबाट बाँच्न सफल मलाला पछि सन् २०१४ मा सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार विजेता बनिन्।

अफगानिस्तानमा पहिलो प्रत्यक्ष राष्ट्रपति निर्वाचन (सन् २००४): तालिबान शासनको पतनपछि अफगानिस्तानमा पहिलो पटक ऐतिहासिक प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको थियो।

खमेर गणतन्त्रको घोषणा (सन् १९७०): कम्बोडियामा जनरल लोन नोलले राजा नरोत्तम सिहानुकलाई सत्ताच्युत गरेपछि औपचारिक रूपमा ‘खमेर गणतन्त्र’ को घोषणा गरेका थिए।

जन्मः बेलायती ब्यान्ड ‘द बिटल्स’ का प्रसिद्ध संगीतकार तथा शान्ति अभियानकर्ता जोन लेनन (John Lennon) को सन् १९४० मा जन्म भएको थियो।

images

निधन: दोस्रो विश्वयुद्धका क्रममा करिब १,२०० भन्दा बढी यहुदीहरूको ज्यान जोगाउने जर्मन उद्योगपति ओस्कर सिन्डलरको सन् १९७४ मा निधन भएको थियो।