सिएटल ‘तस्बिर फिल्म फेस्टिभल’: दक्षिण एसियाली चलचित्रकर्मी एकै ठाउँमा देखिदैँ

काठमाडौँ, २४ असोज । नेटफ्लिक्स र आमिर खान पिक्चर्सको सहभागिता रहने ‘तस्बिर फिल्म मार्केट’ मा दक्षिण एसियाली फिल्म निर्माताहरू १ लाख ५० हजार अमेरिकी डलर बराबरको पुरस्कार तथा अनुदानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

सिएटलमा अक्टोबर १३ देखि १८ सम्म आयोजना हुने २१औँ ‘तस्बिर फिल्म फेस्टिभल’ सँगै सञ्चालन हुने तेस्रो ‘तस्बिर फिल्म मार्केट’ मा विश्वभरका दक्षिण एसियाली चलचित्रकर्मीहरूले सहभागिता जनाउँदै छन्।

यस मार्केटले आफ्नो ‘तस्बिर मार्केट सिलेक्ट्स’ विधाका लागि निर्माणको अन्तिम चरणमा रहेका कथात्मक र वृत्तचित्र गरी १२ वटा फिचर फिल्म छनोट गरेको छ। त्यसैगरी ‘तस्बिर फिल्म फन्ड’ का लागि ९ वटा लघु चलचित्र (सर्ट फिल्म) परियोजनाहरू छनोटमा परेका छन्।

पुरस्कारको अधिकांश रकम लघु चलचित्रहरूका लागि प्रदान गरिनेछ। नेटफ्लिक्सको सहयोगमा सञ्चालित ‘तस्बिर फिल्म फन्ड पिच’ मा अन्तिम चरणमा छनोट भएका ९ जना सहभागीले निर्माता तथा चलचित्रकर्मी सम्मिलित निर्णायक मण्डलसमक्ष आफ्ना परियोजनाहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्। उक्त निर्णायक मण्डलले जनही ३५ हजार अमेरिकी डलरका चारवटा निर्माण अनुदान प्रदान गर्नेछ।

साथै, अर्को छुट्टै निर्णायक मण्डलले ‘मार्केट सिलेक्ट्स’ मा परेका चलचित्रहरूको मूल्याङ्कन गरी दुईवटा चलचित्रलाई जनही ५ हजार अमेरिकी डलरको पुरस्कारका लागि छनोट गर्नेछ। सबै ‘पिच’ कार्यक्रमहरू तस्बिर फिल्म सेन्टरमा आयोजना गरिनेछ भने फिल्म निर्माताहरूले बजार सञ्चालनका क्रममा उद्योगका विशेषज्ञहरूसँग प्रत्यक्ष भेटघाट गर्नेछन्।

यसै वर्षदेखि ‘तस्बिर इडियु’ को पनि सुरुआत हुँदै छ, जसले वर्षभरि चलचित्रको विकास, वित्तपोषण, कास्टिङ, अधिकार र वितरणसम्बन्धी विभिन्न सत्रहरू सञ्चालन गर्नेछ। यो पहल लस एन्जलसमा आधारित ‘तस्बिर प्रोड्युसर्स ल्याब’ सँगै सञ्चालन हुनेछ, जसले दक्षिण एसियाली निर्माताहरूलाई चलचित्र उद्योगसँग जोड्ने काम गर्छ।

बजार प्यानलमा तस्बिर थिएटरका ग्रेग लेमले, इएसटी  स्टुडियोकी क्याथी नी र निर्माता लुकास फोर्ड सम्मिलित रहनेछन्, जसले दक्षिण एसियाली फिल्महरू कसरी फराकिलो दर्शकमाझ पुर्‍याउन सकिन्छ भन्नेबारे अध्ययन गर्नेछन्। अन्तर्राष्ट्रिय एमी-विजेता श्रृङ्खला “दिल्ली क्राइम” का निर्माता अपूर्व बक्षीले यस क्रममा मास्टरक्लास प्रदान गर्नेछन्।

यस पटक जिरो ग्राभिटी म्यानेजमेन्ट, आमिर खान पिक्चर्स, ईएसटी स्टुडियो, नेटफ्लिक्स, विडेन+केनेडी र बफेलो ८ जस्ता प्रतिष्ठित कम्पनीहरूले आफ्ना प्रतिनिधि पठाउने छन्। तस्बिरकी संस्थापक रीता मेहरले भनिन्, “तीन वर्ष अघि हामीले हाम्रो समुदायका लागि एउटा यस्तो मञ्च बनाउने योजना बनायौँ, जहाँ दक्षिण एसियाली फिल्म निर्माताहरू आफ्ना फिल्म निर्माणमा सहयोग गर्न सक्ने व्यक्तिहरूसामु सिधै प्रस्तुत हुन सकून्। यति धेरै प्रतिभा, कोष र समर्थनले भरिएको त्यो मञ्च देख्दा हामीलाई अझ अगाडि बढ्ने ऊर्जा मिलेको छ। तस्बिर इडीयूको सुरुआतसँगै अब यो काम केवल उत्सवको हप्तामा मात्र सीमित नभई वर्षभरि जारी रहनेछ।”

images

गैर-नाफामूलक संस्था ‘तस्बिर’ ले सन् २००२ देखि चलचित्र, कला र कथावाचनका माध्यमबाट दक्षिण एसियाली आवाजहरूलाई प्रवर्द्धन गर्दै आएको छ। यसले जात, लैङ्गिकता तथा यौनिकताजस्ता महत्त्वपूर्ण सामाजिक विषयहरूमा काम गर्न मञ्च प्रदान गर्दै आएको छ।

संस्थाले यस ‘मार्केट’ लाई उत्तर अमेरिकामा दक्षिण एसियाली परियोजनाहरूलाई विश्वव्यापी कार्यकारीहरूसामु प्रस्तुत गर्ने पहिलो मञ्चका रूपमा वर्णन गरेको छ। सन् २०२५ मा तस्बिरले सिएटलको कोलम्बिया सिटीस्थित ‘आर्क लज सिनेमा’ अधिग्रहण गरी ‘तस्बिर फिल्म सेन्टर’ मा रूपान्तरण गरेको थियो, जहाँ हप्ताको हरेक दिन अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिन्छन्।

images

सन् २०२६ को ‘तस्बिर मार्केट’ का लागि छनोट भएका चलचित्रहरू:

“बारात: द वेडिङ हर्स” – नदीम उद्दिन, जेम्स लङली (वृत्तचित्र)

images

“ब्लड माउन्टेन” – कार्तिक भार्गव

“कलर्स अफ द सी” – जेफिन थोमस (वृत्तचित्र)

“हर एकर”– स्वाती झा (वृत्तचित्र)

“होम बिफोर नाइट” – कलानी गाकोन

Nepal life insurance

“काउलुन स्टोरी” – अमरिक सिंह खोसा

“लड्की वाले” – कोभिड गुप्ता

“मिराज” – अक्सा अल्ताफ, सेभरिन टिबी

“मदर टङ” – अनु भालिया

“रेनबो” – सुमी बघेल

“सन्स अफ द रिभर” – कात्यायनी कुमार (वृत्तचित्र)

“अनलिस्टेड” – विभान्शु राई