बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस

काठमाडौँ । बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

४० वर्षीय कोम्पानी शुक्रबार क्लबको दोस्रो टोलीको अभ्यास हेर्ने क्रममा अचानक ढलेका थिए । उनी केही दिनदेखि भाइरल सङ्क्रमणबाट अस्वस्थ थिए । त्यसकै कारण उनले आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा समेत भाग लिएका थिएनन् ।

जर्मन सञ्चारमाध्यमका अनुसार कोम्पनीको अवस्था स्थिर छ । अस्पतालमा उनको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ र चिकित्सकको निगरानीमा रहनेछन् ।

बायर्नका खेल निर्देशक म्याक्स एबरलले कोम्पानीको स्वास्थ्य क्लबको पहिलो प्राथमिकता भएको बताएका छन् । उनको अनुपस्थितिमा प्रशिक्षक टोलीले अभ्यास तथा खेलसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ ।

बायर्नले आइतबार जर्मन लिगअन्तर्गत फ्राइबर्गसँग खेल्दैछ । कोम्पनीले सन् २०२४ मा बायर्नको जिम्मेवारी सम्हालेका थिए र उनको प्रशिक्षणमा क्लबले पछिल्ला दुई सिजन जर्मन लिगको उपाधि जितेको छ ।