
काठमाडौं । तिब्बतमा शनिबार केही घण्टाको अन्तरालमा तीन पटक भूकम्प गएको छ ।
रिपोर्टका अनुसार भूकम्पको तीव्रता क्रमशः ४, ४.६ र ४.५ मापन गरिएको छ ।

केन्द्रका अनुसार पहिलो भूकम्प राति १ बजेर ८ मिनेटमा ४ तीव्रताको गएको थियो । यसको केन्द्र १५ किलोमिटर गहिराइमा थियो ।


त्यस्तै, राति २ बजेर ७ मिनेटमा ४.६ तीव्रताको दोस्रो भूकम्प गएको थियो । यसको केन्द्र १० किलोमिटर गहिराइमा रहेको थियो । बिहान ५ बजेर ३८ मिनेटमा ४.५ तीव्रताको तेस्रो भूकम्प गएको थियो। यसको केन्द्र पनि १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
यसैबीच, चीनमा पनि शनिबार बिहान ४ बजेर ९ मिनेटमा ४.६ तीव्रताको भूकम्प गएको थियो। उक्त भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

तिब्बतमा यसअघि शुक्रबार आएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।




