अक्टोबर २६ मा विश्वः जम्मू-कश्मीरको भारतमा विलय

अक्टोबर २६ का दिन विश्व इतिहास र राजनीतिमा विभिन्न महत्त्वपूर्ण घटनाक्रमहरू घटेका छन्। यस दिन भएका प्रमुख ऐतिहासिक तथा राजनीतिक घटनाहरूको संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ:

जम्मू-कश्मीरको भारतमा विलय (सन् १९४७): भारत स्वतन्त्र भएलगत्तै सन् १९४७ अक्टोबर २६ का दिन जम्मू-कश्मीरका तत्कालीन राजा महाराजा हरिसिंहले ‘इन्स्ट्रुमेन्ट अफ एसेसन’ (विलय पत्र) मा हस्ताक्षर गरी जम्मू-कश्मीरलाई आधिकारिक रूपमा भारतसँग गाभ्ने निर्णय गरेका थिए।

 

अस्ट्रियाको सार्वभौमिकता र तटस्थता सम्झौता (सन् १९५५): दोस्रो विश्वयुद्धपछि मित्रराष्ट्रहरूको नियन्त्रणमा रहेको अस्ट्रियामा सन् १९५५ अक्टोबर २६ का दिन ‘अस्ट्रियन स्टेट ट्रिटी’ लागू भएको थियो। यस ऐतिहासिक सम्झौताले अस्ट्रियालाई एक पूर्ण सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा पुनर्स्थापना गर्नुका साथै देशलाई सधैँका लागि तटस्थ राज्य घोषणा गरेको थियो। अस्ट्रियामा यसै दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ-हीको हत्या (सन् १९७९): दक्षिण कोरियामा १८ वर्षभन्दा बढी समयसम्म कठोर शासन गरेका तत्कालीन राष्ट्रपति पार्क चुङ-हीको सन् १९७९ अक्टोबर २६ का दिन उनकै देशको गुप्तचर संस्थाका प्रमुख किम जाे-ग्युद्वारा गोली हानेर हत्या गरिएको थियो। यो घटनाले दक्षिण कोरियाको राजनीतिक इतिहासमा ठुलाे उथलपुथल ल्याएको थियो।

 

अमेरिकामा ‘प्याट्रियट एक्ट’ पारित (सन् २००१): सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै अमेरिकामा आतंकवादविरुद्ध कडा कदम चाल्नका लागि सन् २००१ अक्टोबर २६ का दिन राष्ट्रपति जर्ज डब्ल्यु बुशले ‘युएस प्याट्रियट एक्ट’ कानुनमा हस्ताक्षर गरी लागू गरेका थिए। यसले सुरक्षा निकायलाई निगरानी र अनुसन्धानको क्षेत्रमा व्यापक अधिकार प्रदान गरेको थियो।

क्यानडामा जस्टिन ट्रुडो प्रधानमन्त्रीमा निर्वाचित (सन् २०१५): सन् २०१५ अक्टोबर २६ का दिन भएको क्यानाडाको सङ्घीय निर्वाचनमा जस्टिन ट्रुडोको लिबरल पार्टीले बहुमत हासिल गरेपछि उनी क्यानाडाको २३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। यसले क्यानाडाको राजनीतिलाई एक नयाँ प्रगतिशील दिशामा अगाडि बढाएको मानिन्छ।