
चीनको दक्षिणपश्चिमी गुइझाउ प्रान्तस्थित टोङ्जी नदीमाथि निर्माण गरिएको विशाल पुलको मनोरम दृश्य एफपीभी ड्रोनमार्फत कैद गरिएको छ । ९६५ मिटर मुख्य स्पान रहेको टोङ्जी नदी ग्रान्ड ब्रिजले रेन्हुआइ र टोङ्जी क्षेत्रलाई जोडेको छ ।
पुल सञ्चालनमा आएपछि यी दुई क्षेत्रबीचको यात्रा समय करिव दुई घण्टाबाट घटेर २० मिनेटमा सीमित भएको छ ।


सन् २०२४ को सेप्टेम्बरमा यातायातका लागि खुला गरिएको उक्त पुलले स्थानीय यातायात र आवागमनलाई सहज बनाएको छ । एफपीभी ड्रोनबाट खिचिएका दृश्यमा पुलको विशाल संरचना, आसपासको प्राकृतिक भूगोल र पुलमाथिको आकर्षक दृश्यलाई फरक कोणबाट देखाइएको छ ।





