नोबेल शान्ति पुरस्कार समितिले बन्दी गृहमा राखिएका नोबेल शान्ति पुरस्कार विजेता लिउ श्याबाओलाई तुरुन्त रिहा गर्न चीन समक्ष आग्रह गरेको छ। समितिका अध्यक्ष थोर्बजोर्न जागला48डले शान्तिको लागि भएको नोबेल पुरस्कार वितरणलाई चीनले सकारात्मक रुपमा लिनुपर्ने बताए।
यद्यपी, उनले चीनमा हुने गरेका मानवअधिकार हनन्का घटना भने निन्दनिय रहेको बताए।
नर्वेको राजधानी ओस्लोमा पुरस्कार वितरण समारोहमा लिउ श्या बाओको अनुपस्थित रहेपछि खाली कुर्सीमा प्रमाणपत्र र पुरस्कार राखिएको थियो। यता, चिनीले भने श्या बाओलाई पुरस्कृत गरेर नोबेल पुरस्कार समितिले नाटक गरेको प्रतिक्रिया दिएको छ।