महोत्तरी – मध्ये तराईका आठ जिल्लामा बितेको एक वर्षमा ६३ जनाको हत्या भएको राष्ट्रिय मानव अधिकार आयोग मध्येमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरले जनाएको छ ।
६२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सुरक्षा निकायले १८ जना र बिभिन्न हतियारधारी समुहहरुले ४५ जनालाई हत्या गरेको जनाएकोे हो । ६३ जनामध्ये धनुषामा सर्वाधिक २० जनाको हत्या भएको राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रिय कार्यालय जनकपुरको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
धनुषामा मारिएका २० मध्ये छ जनालाई राज्य पक्षले हत्या गरेको छ । आयोगको प्रतिवेदन अनुसार महोत्तरीमा ९, सर्लाहीमा ७ मध्ये ३ राज्य पक्षबाट , रौतहटमा ८ मध्ये ३ राज्य पक्षबाट, बारामा ११ मध्ये १ राज्य पक्षबाट र पर्सामा ९ मध्ये ६ राज्य पक्षबाट हत्या भएको छ ।
एक वर्ष यता मध्ये तराईको आठ जिल्लाहरुमा २६ जना अपहरणमा परेको र ती मध्ये महोत्तरीमा सर्वाधिक ९ जना अपहरित भएको छ ।