अब विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

Open photo

काठमाण्डाै – निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि २०८० को मस्यौदा तयार गरी राय–सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपालीलाई विदेशबाटै यस प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज बिहीवार वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।

unn.prixa.net1

मस्यौदामा आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता गर्न देश तोकी त्याे देशकाे सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।

विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने ठाउँ र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् ।

मस्यौदामा रहेका यस व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधारका लागि सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालाले आउँदो कात्तिक मसान्तभित्र आयोगमा राय–सुझाव उपलब्ध गराउन सक्नेछन् ।

 

111Open photo

 

images