सुर्खेत: ग्याङ फाइट हुँदा एक जनाको मृत्यु, एक जना घाइते

Open photo

सुर्खेत। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेकाे प्रहरीले जकारी  दिएकाे छ ।

काठमाडौंमा कामदारबीच ग्याङ फाइट- एक जनाको मृत्यु, थप ववरणसहित —  onlinedabali.com1

दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए ।

मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जानकारी दिएकाे छ ।

झडपमा घाइते भएकाे उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो, भने उनी अर्का घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् । घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।समाचारपत्रले उल्लेख गरेको छ।

111Open photo