मानिसको सोख पनि थरीथरीका हुन्छन् । कोही कारका सौखिन हुन्छन् त कोही जुत्ताको । भारतका क्रिक्रेट खेलाडी कारका सौखिन हुन् भने तमिलनाडुकी पूर्व मुख्यमन्त्री एवं पुरानी नायिका जयललिता जुत्ताकी सौखिन हुन् । राजश्व अधिकारीले उनको घरमा छामा मार्दा सयौँ जोडी जुत्ता फेला पारेको थियो ।
यसैगरी फिलिपिन्सका पूर्वराष्ट्रपतिकी श्रीमती पनि जुत्ताकी सौखिन रहेको सबैलाई थाहा भएकै कुरा हो । सीमापारि मात्र होइन नेपालमा पनि यस्तो सौख पाल्नेहरूको कुनै कमी छैन । कामुक नायिका रेखा थापालाई नै हेरौँ न, उनी स्कर्टप्रेमी नै हुन् । त्यसैले त उनले घरमा पाँच सय जोर स्कर्ट राखेकी छन् । स्कर्टको बलमा दर्शक तताउन सिपालु रेखाले आफ्ना प्रायः चलचित्रमा घरकै स्कर्ट प्रयोग गर्छिन् ।
स्कर्ट मात्र कहाँ हो र यत्तिकै हाराहारीमा हाफ प्यान्ट उनले सङ्कलन गरेकी छन् । चलचित्रमा मात्र होइन कहिलेकाहिँ सार्वजनिक समारोहमा समेत उनी यस्तै खालको पहिरनमा उपस्थित हुन्छिन् तर अचम्म एक कार्यक्रमा उनको स्कर्टमाथि नै प्रतिबन्ध लगाइएको छ । नेपालमै उनको स्कर्ट प्रतिबन्ध गर्ने कसको पो हिम्मत छ र ? कुरो मुस्लिम धर्म अपनाएको देश कतारको हो । कतारमा महिलाले खुल्ला लुगा लगाउन पाइँदैन ।
————————————————————————————————————–
कतार सहयोगीका आधारमा उमाकान्त पाण्डे गाउले को रिपोर्ट



