जाजरकोट भूकम्पमा परेर खलंगामा एकजनाको ‘मृत्यु’

जाजरकोट। भूकम्पमा परेर जाजरकोटको खलंगामा एकजनाको ‘मृत्यु’ भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूले भर्खरै मृत्युबारे जानकारी पाएको बताए ।

1

अहिले आफूहरू उद्धारमै रहेकाले सबै तथ्यांक आइनसकेको उनले बताए ।

“हामी खोज उद्धारमै छौँ । कतिपय ठाउँमा फोन लागेको छैन । म पनि अहिले फिल्डमै छु । खलंगामा एकजनाको मृत्यु भएको आएको छ,” उनले भने ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

111Open photo