जाजरकोट भूकम्प: ५३ हजार घरपरिवार प्रभावित, आधाले पनि पाएनन् राहत पाँच दिनमा २३ हजारलाई मात्र राहत वितरण

काठमाडौं जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेका छन्। तर, आधाले पनि राहत पाएका छैनन्।

कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्।

1

राहत वितरणको काम सुरु भएको छ। हालसम्म जाजरकोटमा प्रभावित २७ हजारमध्ये १५ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ। रुकुम पश्चिममा २६ हजारमध्ये ८ हजारलाई राहत वितरण गरिएको छ। बाँकी प्रभावितसमक्ष पनि चाँडै नै राहत पुर्‍याइने बताइएको छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रूपले क्षति भएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले भौतिक क्षतिबारे तथ्याङ्क सङ्कलनको काम भइरहेको भन्दै ९ हजार ९ सय ६१ घर बस्न नमिल्ने गरी क्षति भएको बताए। उनले १६ हजार ५ सय ७० घर ध्वस्त नै भएको बताए।

भूकम्पका कारण रुकुम पश्चिममा २६ हजार र जाजरकोटमा २७ हजार घरपरिवार प्रभावित भएको बताए। उनले भूकम्पका कारण प्रभावित भएकामध्ये हालसम्म दुवै जिल्लाका गरी २३ हजारलाई राहत वितरण गरिएको जानकारी दिए।

 

111Open photo