अर्घाखाँचीको चाक्ला-ठाडामा बाटोको विवाद भएपछि बस चल्न सकेनन

अखाँटा-यूएई डेस्क – अर्घाखाँचीको चाक्ला सिवादह तथा ठाडा सिवादहमा बस सञ्चालन गर्ने विषयमा विवाद भएको छ । ती बाटाहरुको गन्तव्य स्थान एउटै भए पनि कुन ठाउँबाट मोटर चलाउने भन्नेमा दई रुटबीचका स्थानीय बासिन्दाबीच विवाद भएको हो । विवादका कारण अहिले ती क्षेत्रमा बस सञ्चालन हुन सकेको छैन । सो क्षेत्रमा गत वर्षपश्चिम नेपाल बस व्यवसायी समिति बुटवलले बस सञ्चालन गरेको थियो ।


समितिले सुरुमा चँक्लाबाट गल्दा, जुकेना हुँदै बस सिवादह पठाए पनि पछि रुट परिवर्त गरी बस ठाडाबाट पोखेडाँडा, जुकेना हुँदै सिवादह पठाउन लागेपछि विवाद सिर्जना भएको हो । समितिले चाक्ला गल्दाको बाटो राम्रो नभएको भन्दै रुट परिवर्तन गरेको थियो । चाक्ला हुँदै गएको बस पछि अमराइबाट जान थालेपछि गल्दा, थारपाइला, धनचौरवासीले अवरोध पुर्याएका थिए । उनीहरुले बस चाक्ला हुँदै सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले चाक्ला हुँदै बस नगए गाडी चल्न नदिने अडानमा बसे पछि झण्डै डेढ हप्तायता दुबैतर्फाट बस सञ्चालन भएको छैन जसका कारण यात्रुहरु मर्कामा परेका छन् ।


गत वर्षबस चाक्ला हुँदै गए पनि अहिले समितिले समेत चाक्ला र गल्दाको बीचमा बाटो राम्रो नभएको भन्दै अमराइबाट सञ्चालन गरेको थियो । चाक्लाका स्थानीयवासी र व्यापारीह� सिवादहको लागि बस चाक्ला हुँदै जानुपर्ने अडानमा छन् भने ठाडा अमराइका व्यापारी तथा स्थिानीवासी अमराइबाटै बस सञ्चालन हुनुपर्नेमा छन् । दुबैतर्फाट बस चलाउँदा पर्ता नखाने भन्दै विवाद मिलाउन गएका पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधीकारीहरुले दुबै पक्षलाई सुविधा हुने गरी बस सञ्चालन गर्ने बताएको छ ।


समितिका अनुसार जाँदा चाक्ला हुँदै सिवादह जाने र र्फकंदा गल्दासम्म आइपुग्न जुकेना, पोखेडाँडा हुँदै अमराइ आउने सहमति भएको छ ।

 

त्यसको लागि चाक्लादेखि गल्दासम्मको बाटोलाई थप मर्मत गर्न समितिले उपभोक्ताह�लाई आग्रह गरेको छ । अहिलेकै बाटोमा गाडी लैजाँदा जोखिम हुने देखेर मर्मत गर्न भनेका हौं, पश्चिम नेपाल बस व्यवसायी समितिका सदस्य सुरेन्द्र श्रेष्ठले भने विवाद यातायात व्यवसायीसँग नभएकाले स्थानीय बाटो उपभोक्ता समितिहरु बीच छलफल गरी सहमति भएको छ ।उनले अब एक दुई दिनभित्रमा सहमति अनुसार बस सञ्चालन हुने बताए ।



images

images

images