नेपालगन्जमा विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड तथा आगजनी

नेपालगन्ज – महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले आइतवार बिहान सो क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्यापन नियमित हुनुपर्ने माग पटक-पटक क्याम्पस प्रशासनसमक्ष राख्दा पनि पूरा नभएपछि तोडफोड र आगजनी गर्न बाध्य हुनुपरेको आन्दोलनकारी विद्यार्थीहरुले बताएका छन् ।

सो घटनापछि क्याम्पसको सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस