डिमिटार बार्बटोभको दुई गोलमा म्यानचेष्टर युनाइटेड इङग्लिस प्रिमियर लिगमा सन्डरल्याण्डलाई दुई शून्य गोल अन्तरले पराजित गर्न सफल भएको छ। म्यानचेष्टरको जीतमा बार्बटोभले पाँचौं र सन्ताउन्नौं मिनेटमा दुई गोल गरेका थिए।
जितपछि म्याचेष्टर सैतिस अंकका साथ लिगको शीर्ष स्थानमा छ भने उपाधि दौडको यात्रालाई केही सहज बनाएको छ। अर्को खेलमा दश जनामा सिमित टोटनहमले एस्टन भिल्लालाई दुई एक गोल अन्तरले पराजित गरेको छ। जितपछि तीस अंकका साथ टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ। यसैगरी बोल्टन र वेष्ट ह्याम पनि जित हात पार्न सफल भएका छन्।