अब प्रदेशबाटै विदेशी मुद्रा कारोबारको लाइसेन्स लिन पाइने

Open photo

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालयबाटै विदेशी मुद्रा कारोबारको लाइसेन्स लिन पाउने भएका छन् ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गर्दै बैंकको प्रदेशस्थित कार्यालयबाटै लाइसेन्स दिन मिल्ने व्यवस्था गरेको हो । यसले अब विदेशी मुद्रा कारोबारको लाइसेन्स लिन केन्द्रीय बैंकको विदेशी विनिमय विभागमा धाउनु नपर्ने भएको छ ।

अब बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्राको कारोबार गर्न पाउने1

अब बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरले पनि विदेशी मुद्रा कारोबारको इजाजतपत्र लिन पाउने भएका छन् भने बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयलाई बढीमा पाँच वर्षका लागि इजाजतपत्र दिने व्यवस्था राष्ट्र बैंकले हटाएको छ ।

विनियमावलीको संशोधित व्यवस्था लागू हुँदाको बखत इजाजतपत्र लिइसकेका बैंक तथा वित्तीय संस्थाहरूले साबिकको इजाजतपत्रको म्याद समाप्त हुने मितिले ९० दिनभित्र निवेदन पेस गरेमा म्याद उल्लेख नगरी नयाँ इजाजतपत्र पाउने छन् ।

1

पहिले नै लाइसेन्स लिएको भए पनि मर्जर वा प्राप्तिमा गएपछि बैंक तथा वित्तीय संस्थाले नयाँ लाइसेन्स लिनु पर्नेछ । तर त्यस्तो इजाजतपत्रका लागि कुनै शुल्क भने लाग्ने छैन । विदेशी मुद्रा विनिमय लाइसेन्स बढीमा पाँच वर्षका लागि दिइने छ ।

111Open photo