अर्घाखाँचीको सन्धिखर्कमा शान्ती धर्मशालाको सिलन्यास

– बिनोद गैरे

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित श्री १०५ गणेश पाचायन मन्दिरको शान्ती धर्मशालाको सिलन्यास कार्यक्रम सन्धिखर्कको शान्ती बगैचामा सम्पन्न भएको छ ।


सान्ति धर्मसालाकॊ सिलन्यास स्थानिय बयोबृ& समाजसेबी मित्रलाल भुसालले गर्नुभएको थियो कार्यक्रममा जिल्ला स्थित राजनैतिक पार्टीका पाटी प्रमुख सरकारी कार्यालयका प्रमुख तथा स्थानिय बजार बासीको उल्लेखिय सहभागीता रहेको थियो ।


धर्मशाला निर्माणको लागी स्थानिय स्तरबाट नै रकम संकलन गरी निमार्ण सम्पन्न गर्ने निर्माण समितिका कोषाध्यक्ष यमराज पाण्डेले जानाकारी दिनुभएको छ यद्यपी भबन निर्माणमा कति रकम लाग्ने भन्ने बिषयमा पुर्ब अनुमान लगाई सकिएको छैन ।


Photo8


उता भबन निर्माणको लागी भने स्थानिय बासीन्दा निकै हातेमालो गर्दै सहयोग गरिराखेका छन् । निर्माण समितिका कोषाध्यक्ष यमराज पाण्डेका अनुसार करिब एकतिस लाख सहयोग रासी जम्मा भईसकेको र थप सहयोग जारी रहेको जानाकारी दिनुभएको छ । पाण्डेका अनुसार मित्रलाल भुसाल र कुलदिप भुसाल सन्धिखर्कबाट रु. दश लाख पचास हजार पाँच सय पचपन्न बाबराम सुनार सन्धिखर्कबाट रु आठ लाख एघार हजार नारायण खनाल सन्धिखर्कबाट रु पाँच लाख पाँच सय तिन ठाकुर प्रसाद श्रेष्ठ सन्धिखर्कबाट रु तिन लाख र अन्य सहयोग दाताले पनि सहयोग गर्नु भएको जानाकारी दिनुभएको छ ।


साथै धर्मशाला निर्माण समितिले देश तथा बिदेशमा छरीयर रहने सम्पुर्ण लाई अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको मुटुमा रहेको शान्तीबगैचा र सान्तिबगैचामा निर्माणाधिन सान्ति धर्मसाला निर्माणको लागी आ-आनो क्षेत्रबाट आर्थिक नैतिक साथै भैतिक रुपमा सहयोगको लागी पनि निबेदन गरेको छ ।


कार्यक्रम निम बहादुर रिजालको सचालन र कृष्ण प्रसाद श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

 

 



images

images