

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ।

बुधवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति पशुपति शमशेर जबराले जानकारी दिए।



सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्बाट सिफारिस भएको थियो।

उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो।

न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो।










