सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा जारी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले आज (बुधबार) देखि पुन: निरन्तरता पाउने भएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु अन्तिम सुनुवाइमा बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। लगत्तै सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजदेखि हुने भएको हो।

Patan High Court to hear Sandeep Lamichhane's appeal against judicial  custody today :: Setopati :: Setopati

1

पहिलो दिन पीडितका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए। आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारलगायत सरकारी वकिल तथा निजी कानुन व्यवसायी गरी पीडितका तर्फबाट तीन जनाले बहस गरेका थिए।

तीनैजनाले सन्दीप दोषी रहेको दाबी गरेका गरेका छन्। साथै पीडित नाबालिग रहेको जिकिर गर्दै उनीहरुले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने तर्क गरेका छन्।

पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्।

1

अब यो मुद्दाको सुनुवाइ अन्तिम चरणमा गएकाले फैसला पनि न्यायाधीश ढकालकै इजलासले गर्नेछ।

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

पीडित किशोरीको उमेर १८ वर्ष कम ९नाबालिग० भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन।

 

111