दुर्घटनाबाट एउटा खुट्टा गुमाउन पुगेका अर्घाखाँची नरपानीका युवालाई साउदीमा नेपाल पीडित आवाज संघद्वारा उद्दार

raju sarki ko uddar by nepalarab – उमाकान्त पाण्डे गाउले – मध्यपुर्व प्रमुख प्रतिनिधि



– बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका नरपानी गाबिस वडा नं ६, अर्घाखाँचीका राजु सार्कीलाई १६ दिनसम्म आंफुसंगै राखी नेपाल पीडित आवाज संघ साउदी अरब संघका अध्यक्ष डि.बी.लामाले उद्धार गरेका छन्। सार्कीले आफ्नो रोजगारदाता कम्पनी छोडी भागेर काम गर्दैगर्दा दुर्घटनामा परी एउटा खुट्टा नै गुमाउन पुगेका थिए।उनलाई स्वदेश पठाउनका लागि आवश्यक प्रशासनिक ट्राभल डकुमेन्ट्रस तयार पार्न तथा हवाई टिकट लगायतका लागि आर्थिक ब्यवस्थापन गर्नका लागि यो संघले बिशेष पहल गरेको हो।


केही समय यता डि बी लामा आफ्नो टोली सहित पीडित र अलपत्र परेका नेपाली कामदारहरूको उद्धारका लागि दिनरात सेवामा लागेका छन् ।


उनको यो अनुकरणीय कार्य उदाहरणीय छ।”मिठो भाषण भन्दा सहयोगी हातहरु बढाउँनु पर्छ” भन्ने सन्देश बोकेको यो संस्थाबाट साउदीमा स्थापित भइसकेका ठूला संघसंस्थाहरुले धेरै कुरा सिक्नु आवश्यक रहेको समाचार स्रोतले जनायो।


स्मरण रहोस साउदी अरबमा सुन्नमा आएका ठुलठुला संघसंस्थाभन्दा धेरै सानो तर सहयोग र उद्धारका उदाहरण धेरै गर्न पौठेजोरी खेलिरहेको संघ नेपाल पीडित आवाज संघ साउदी अरब हो, यस संस्थाका अध्यक्ष डिवी लामा हुन् ।

 

दुर्घटनाबाट एउटा खुट्टा नै गुमाउन पुगेका सार्कीले आफ्नो उद्दारमा जुटेका नेपाल पीडित आवाज संघ साउदी अरब संघ र संघका अध्यक्ष डि.बी.लामा लगायत सम्पूर्ण लाई अर्घाखाँची डट्कम मार्फत आभार व्यक्त गरेका छन।

images

images

images

Nepal life insurance