गुल्मी – प्राप्त समाचार अनुसार गुल्मीको बामी टक्सार गाविस वडा नम्बर ५ सुपारीखोलामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
वामी गाविस ५ निवासी ३३ बर्षिय रिता पुनको घटनास्थलमै मुत्यु भएको हो । घाइते हुनेहरुमा बाग्लुङ्ग जिल्ला हिले गाविस ६ निवासी ४० बर्षिय बुद्धिलाल कार्की, वामी ५ निवासी ५० बर्षिय रेशम पुन र ट्याक्टर चालक रुपन्देही टिकुलीगढ ८ निवासी बर्ष ३३ का राम बहादुर थारु रहेका छन् ।
घाइतेमध्ये बुद्धिलाल कार्कीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर बुटवलबाट बाग्लुङ्गको गल्कोट हटियातर्फ जाँदै गरेको थियो । उकालो बाटोमा सामान बढी भएका दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले अनुमान गरेको छ ।