माघे सङ्क्रान्ति पर्व सन्धिखर्क लगायत अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो

 
सन्धिखर्क, अर्घाखाँची – हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा सन्धिखर्क लगायत जिल्लाभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो ।

 

[img20100114141911.jpg]

 

त्यस्तै माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको शनिवार बिहानैदेखि घुइँचो लागेको थियो।

 

सन्धिखर्क, चुत्राबेसी बजारमा सयौ धर्मालम्वीहरुको घुँइचो लागेको थियो।

 

यसवर्षको मकर सक्रान्तिमा अर्घाखाँचीबाट समेत हजारौँको सख्यामा तिर्थालु भक्तजनहरुले रिडीको कालीगण्डकी नदीमा स्नान गर्ने, अर्घ दिने र सुर्यको दर्शन गर्न त्यहाँ पुगेका थिए। अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थलको रुपमा रहेको रिडीमा माघे सङ्क्रान्तिको विहानैदेखि दर्शनार्थीहरुको निक्कै घुईँचो लागेको थियो।

 

[img20100116091343.jpg]

 

गाउँघरमा यो माघे सङ्क्रान्ति पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ ।

विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा ‘घिउ, चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै ‘यलय् पलः ९पाटने पालुङ्ग)’ भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ ।

यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश हुने र सूर्य उत्तरायण हुने भएकाले यस संक्रान्तिलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । यस पर्वमा जीउभरि तेल घसेर घाम ताप्ने पनि चलन छ । यस पर्वमा परिवारका मूली वा आमाले आफ्ना छोराछोरीलाई तालुमा तेल हालिदिने पनि गर्दछन् र विभिन्न नदी तीर्थमा स्नान गर्ने गर्दछन् ।


 



images

images

images

Nepal life insurance