

काठमाडौं – नेपाललाई आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पुर्याउन सफल देव खनाल युवा वर्ष खेलाडी घोषित भएका छन्। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औँ संस्करणमा खनाललाई युवा वर्ष खेलाडी घोषित गरिएको हो।


नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रम गरेर खनाललाई युवा वर्ष खेलाडीको अवार्ड दिने घोषणा गरेको हो।








