एभरेष्ट बैंकको ३९ औ शाखा अर्घाखाँचीको चुत्राबेसीमा विस्तार – (तस्बिरहरु सहित)

सन्धिखर्क, अर्घाखाँची – एभरेष्ट बैंकले आफ्नो ३९ औ शाखा अर्घाखाँचीको चुत्राबेसीमा विस्तार गरेको प्राप्त समाचारमा जनाइएको छ ।

 

 

 

समाचारमा उल्लेख भए अनुसार सो बैंकको नयाँ शाखाको उद्घघाटन प्रमुख जिल्ला अधिकारी शम्भु नाथ मरासिनीले गरेका थिए। साथै एभरेष्ट बैंकका निर्देशक अरुणमान शेरचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो।

 


 


यसका साथै कार्यक्रमको उद्घघाट्नमा प्रमुख अतिथीले रिवन काटेर सो ३९ औ बैंक शाखा सन्धिखर्कको वार्ड न- ९ स्थित चुत्राबेसीमा शुभआरम्भ गरेका थिए। भने (बैंक अफ ईन्डिया) पन्जाब नेशनल बैंक सँगको सह्कार्यमा सन्चालित रहेको उक्त बैंकले विभिन्न बैंकिङ सेवाहरु दिने घोषणा पनि गरेको छ ।

 


 

यसैक्रममा बैंकले बचत एक सम्भाबना भन्ने नारा सहित आफ्ना योजनाहरु अगाडि सारेको छ जसमा बाल बचत खाता, नारी बचत खाता, साधारण बचत खाता, प्रिमियम बचत खाता, सुनौलो बचत खाता, बिद्यार्थी बचत खाता, सौगात बचत खाता, सन्चय कोष खाता इत्यादी खाताको सुविधा लगायत निशुल्क डेबिट कार्ड, चेक बुक, निशुल्क ईन्टरनेट बैंकिङ सेवाहरु उपलब्ध गराउने जनाएको छ ।

 


 

यसैगरी सो बैंकले १०० रुपैयामा खाता खोली निशुल्क रुपमा डेबिट कार्ड, २४ सै घण्टा एटियम सेवा एवम एबीबिस सेवा प्रदान गर्ने घोषणा पनि गरेको उल्लेख गरिएको छ ।

 


 

थाहा भए अनुसार बैंक उद्घघाटन भएकै दिन सयौ जना ग्राहकहरुले खाता खोलेका थिए भने उक्त बैंकको कार्यक्रममा बैंकको बिकास सँग सँगै उद्योग तथा बाणिज्यको बिकास हुने लगायतका कुरामा सबै बक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए।

 


 


साथै उक्त एभरेष्ट बैंकले जिल्लामा नै पहिलो (क) श्रेणीको बैंक भएको दावी गरेको छ। र खाडी मुलुक लगायत भारत, एसियाली देशहरु, यूरोप, अमेरिका, अफ्रिका लगायत विश्वभरबाट अन्लाईन मार्फत पठाएको पैसा सजिलै सँग सो बैंक शाखाबाट निकाल्न सकिने सेवा समेत उपलब्ध गराइएको छ भने आवश्यक जानकारी लिन फोन +९७७ ७७४२०८०१,फ्याक्स +९७७ ७७४२०८०२ मा संपर्क गर्न सकिने छ।

 


 

अन्त्यमा कार्यक्रममा बैंकका निर्देशक अरुणमान श्रेष्ठले समय सँगै बैंकले प्रदान गर्ने सेवा- सुविधाहरु विस्तार गर्ने र जनतालाई छिटो छरितो सेवा दिने पनि बताएका थिए।

 

 


images

images

images

Nepal life insurance