प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियाेगिता सुरू (तस्बिर सहित )

spot_img

सन्धिखर्क – प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियाेगिता साेमवार देखि सन्धिखर्ककाे टुडिखेलमा सुरू भएकाे छ । खेलकाे लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गर्नुभएको हो ।

No description available.

कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएको आर्चायले भाैतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताउनुभयो । प्रत्येक वर्ष खेलकाे आयाेजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल आयोजना गरिने आर्चाय जानकारी दिनुभयो ।

No description available.

नेता आर्चायले खेलको मध्यमबाट राष्ट्रलाई परिचित गराउने भएकाले खेलाडीहरु अनुशासन भएर खेल क्षेत्रमा आउन युवाहरूलाई आग्रह गर्नुभयो ।

No description available.

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना गरेको प्रथम “प्रकाश महत स्मृति” क्रिकेट प्रतियोगितामा १३ टिमकाे सहभागिता रहेकाे छ ।

No description available.

खेल फागुन १६ गतेसम्म ३ दिन संचालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख जिवनारायण काेइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रि,पत्रकार महाँसघ प्रदेश सदस्य प्रेमनारायण आर्चाय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No description available.

images

महाँसघका अध्यक्ष हेनरि बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्रम नेपालीकाे रहेको थियो ।

No description available.

images

गत वर्ष फागुन ७ गते खेलकुद महाँसघकाे महाधिवेशनमा सहभागी भई घरमा फर्किने क्रममा सडक दुर्घटना परेर प्रकाश महतकाे मृत्यु भएकाे थियाे ।

 

images