रिपोटस्र क्लब नेपाल अर्घाखाँची जनतासँग प्रत्यक्ष संवादमा

सन्धिखर्क, अर्घाखाँची – मुलुकमा संघीय राज्य भए शासकीय स्वस्प कस्तो बनाउने भन्ने बिषयमा दलहरुबीच बिवाद भैरहेकाबेला रिपोर्टस्र क्लब अर्घाखाँचीले आईतबार संघीयशाशकीय स्वरुप र भावी अर्थतन्त्रका बिषयमा सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।

 

क्लबका अध्यक्षँ रामकुमार क्षेत्रीको अध्यक्षतामा आज बसेको बैठकले नयाँ नेपाल निर्माणकामा अर्घाखाँचीवासीले चाहेको संघीयशासकीय स्वरुप र भावी अर्थतन्त्रको खाका राज्य संयन्त्र समक्षँ पुर् याउने उद्देश्यले जनता र सरोकारवालाबीच प्रत्यक्ष संवाद गराउने निर्णय गरेको हो ।

 

कार्यक्रममा नेपाली काग्रेसका पुर्व मन्त्री ढुण्डिराज शास्त्री नव गठित राष्ट्रिय जनमोर्चा नेपालका महासचिव डिलाराम आचार्य एकीकृत नेकपा माओवादी जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी उद्योग वाणिज्यका प्रतिनिधि लगायतको सहभागिता रहने क्लबका सचिव वीरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

 

त्यसैगरी बैठकले कल्बको सल्लाहकारमा गोरखा पत्र दैनिकका सहसम्पादक हरिप्रसाद भट्टराई नयाँ पत्रिका दैनिकका कार्यकारी सम्पादक उमेश चौहान अर्घाखाँची युवा परिषद्का सदस्य काजी श्रेष्ठ र इन्फोनेट कम्युटरका संचालक कृष्ण बर्मालाई चयन गरेको छ । बैठकमा क्लबका सल्लाहकार र कार्यसमिती सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 



images

images

images

Nepal life insurance