अर्घाखाँचीमा द्धन्द्ध प्रभावित वालवालीकाको संख्या १ सय ९०

प्रेमनारायण आचार्य

-जिल्ला सहयोगी

अखाँटा-यूएई डेस्क-१२ माघ – अर्घाखाँचीमा द्धन्द्ध प्रभावित वालवालीकाको संख्या १ सय ९० रहेको एक पुस्तक तथ्यांक सार्बजनीक भएको छ। जिल्ला वाल कल्याण समिति अर्घाखाँचीले प्रकासन गरेको ‘अर्घाखाँचीमा बालबालिकाको स्थिति प्रतिबेदन २०६७’ मा यो तथ्य र्सार्बजनिक भएको हो।

जसमा द्धन्द्धका कारण मृत्यु भएकाको संख्या १३, अपांग भएकाको सख्या ४, बाबु वा आमा एकलाई गुमाएका ८४, परिवार सहित बिस्थापित भएका ५४ , अपहरणमा परेका ३५ गरि जम्मा १ सय ९० रहेको पुस्तकमा उल्लेख छ ।


पुस्तकको बिमोचन आज प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनिले गर्नु भयो । बिमोचन कार्यक्रम जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रजिअ शम्भुप्रसाद मरासिनिको सभापतित्व , महिला बिकास अधिकृत जमुना भण्डारीको संचालन र जिल्ला बाल कल्याण अधिकृत बिना प्युठानीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।


कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नीमबहादुर रिजाले पुस्तकका बारेमा टिप्पणी गर्नु भएको थियो ।

 

 



संचारकर्मी आचार्य रेडियो देउरालीका डेस्क प्रमुख तथा एभिन्युज टेलिभिजनका अर्घाखाँची सम्वाददाता हुन।



images

images

images