काठमाडौँ । पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्ना अस्वीकार गरेका छन् । आज (बिहीबार) सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो । एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने सरकारी वकिल कार्यालयका एक अधिकृतले बताएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले महरालाई हिरासतमा राख्न थप म्याद नथप्ने देखिएको छ । उनलाई हाजिरी जमानीमा छोड्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । ‘स्वास्थ्यलाई समेत ख्याल गरेर भोलि हाजिरी जमानीमा छोड्ने तयारी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
-एनपि