हावाबाट गुड्ने कारको सफल परीक्षण

पर्वत – प्राप्त समाचार अनुसार सोलारबाट चल्ने कार बनाएर नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्चा बटुलेका युवा वैज्ञानिक कुशल केसीले हावाबाट गुड्ने कार बनाउनुभएको छ ।


नौ दिन लगाएर बनाइएको हावाबाट गुड्ने कारको केसीले हालै सफल परीक्षण गर्नुभएको छ । । हावा दिँदा गुड्ने कार विश्वकै पहिलो हो ।


बागलुङ बिनामारे-७ स्थायी घर भई सदरमुकाममा बस्दै आउनुभएका १७ वर्षका कुशलले छोटो समयमा धेरै मेहनत गरेर निर्माण गरिएको हावाबाट चल्ने कारको परिक्षण सफल भएको बताउनुभयो ।


कारलाई यही माघ २४ गते त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक गरिने पनि कुशलले जानकारी दिनुभयो ।