बलिउडका चर्चित नायक रणबीर कपूर तथा चर्चित नायिका कैटरीना कैफले संगै रात बिताए
माघ २२ गते, २०६७ मा प्रकाशित
बलिउडका चर्चित नायक रणबीर कपूर तथा चर्चित नायिका कैटरीना कैफले उनीहरूबीच कुनै सम्बन्ध नभएको पत्रकारहरू समक्ष्य व्यक्त गर्ने गर्दछन्।
हालै निर्माता -निर्देशक करन जौहरले मुंबईमा एउटा भव्य पार्टीको आयोजन गरेको थियो। उक्त पार्टीमा यी दुर्इ कलाकारहरूसंगै पुगेका थिए। तर यीनीहरू केही समयमा नै उक्त पार्टीबाट निस्केका थिए।
यस पछी उनीहरू केही ठाँउमा घुमेर खुसुक्क रणवीर कपूरको बांद्रामा रहेको अपार्टमेंटमा पुगेका थिए। उनीहरूले त्यस अपार्टमेंटमा रातभर संगै बिताएका थिए। यस पछी कैटरीनाको घरमा आयकर अधिकारीहरूको टोलीले छापा मार्नु केही समय अगाडीसम्म रणवीर कपूर पनि कैटरीनाको घरमा नै थिए।
उक्त दिन पनि यी दुर्इले कैटरिनाको घरमा रातभर संगै बिताएका थिए।