काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौं नै आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान जहाजमा हाइड्रोलिक समस्या आएको हो।जहाजको अवतरणमा समस्या हुने भएकाले रामेछाप अवतरण नगराई पुन: काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थल स्राेतले जनाएको छ।सीता एयरको ९०६ उडान नम्बर रहेको बताइएको छ। जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो।