नाङ्गै विवाह गर्नाले भूमिगत हुनु पर्‍यो

मानिसमा रहर पनि अचम्म कै हुन्छन् । यस्तै अनौठो रहर पूरा गर्ने नाउँमा एक चिनियाँ दम्पत्ति भूमिगत नै हुनुपरेको छ । हुनान प्रान्त निवासी यो जोडीको नाम र पूरा ठेगाना त प्रहरीले सार्वजनिक गरेको छैन तर बितेका दुई महिना यता प्रहरीले अत्यन्तै मिहिनेतपूर्वक पक्राउ गर्न खोजेको यो जोडीको अपराध भने नाङ्गै विवाह गर्नु हो ।


हुनान प्रहरी अधिकारीहरूका अनुसार गएको अक्टोबरको पहिलो साता यहाँस्थित युवक­-युवतीको एक जोडीले नाङ्गै विवाह गरेर सामाजिक शिष्टाचार र मर्यादाको चरम उल्लङ्घन गरेका छन् । यद्यपि प्रहरीले यो जोडीले नाङ्गै विवाह गरेको फोटो र समाचार स्थानीय छापाहरूमा सार्वजनिक भइसकेपछि मात्रै यसबारे जानकारी पाएको थियो ।

 

हालका दिनमा चीनमा पश्चिमा शैलीमा विवाह गर्ने चलन निकै बढेको छ तर नाङ्गै विवाह गर्नु भनेको उच्छृङ्खलताको पराकाष्ठा हो-हुनान प्रहरी उप प्रमुखले भनेका छन् । प्रहरीले यो विवाहलाई पागलपनको संज्ञा दिएको छ ।


चिनियाँ फोटोग्राफरको सङ्गठन