विश्व शान्ति महापूजा मोन्लोम छ्यन्जो यही फागुन ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने

काठमाडौ – प्राप्त समाचार अनुसार विश्व शान्ति महापूजा मोन्लोम छ्यन्जो यही फागुन ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने भएको छ ।


त्यस महापूजाका लागि विभिन्न ४० राष्ट्रका धर्मगुरुलाई आमन्त्रण गरिएको प्रथम मोन्लाम छेन्मो मूल आयोजक समितिव्दारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


विश्व शान्ति महापूजा २०६७ मूल आयोजक समितिद्वारा जारी विज्ञप्तिमा सबै प्राणी दुःखको भवचक्रबाट मुक्त भई अमिताभ बुद्धको सुखावती भूवनमा जन्म लिन सकोस् र विश्वमा रोगब्याधि, प्राकृतिक प्रकोप, युद्ध र हिंसाको अन्त्य होस् भन्ने कामना गर्दै यो महापूजा गर्न लागेको उल्लेख गरिएको छ ।


महापूजाको उद्घाटन राष्ट्रपति डा रामवरण यादवले गर्नुहुनेछ ।