आइपीएलको फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबाद भिड्दैछन् ।

खेल राती पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

आजको विजेताले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगिसकेको छ ।

८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ । प्रतियोगिता अन्तरगत भोलि रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ ।

इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।