

काठमाडौँ- आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ ।


नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो । सन्दीपले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकी दूतावासले भिषा नदिएको जनाएका छन् ।













