नेपाल १० वर्षपछि आज विश्वकप खेल्दै : आज नेपाल र नेदरल्यान्ड्स भिड्‌ने

 
काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले आज खेल्दैछ । आईसीसी टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।
अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।

समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ ।

खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट हुने तालिका रहेको छ । सन् २०१४ मा पहिलोपटक टी-ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।