पाल्पाको अर्गलीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

पाल्पा प्राप्त समाचार अनुसार  पाल्पाको अर्गली गाविसस्थित कुँडापानीमा बुधवार विहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवलबाट गुल्मीको जोहाङतर्फ जाँदै गरेको लु १ त ९९३६ नम्बरको ट्याक्टर अर्गलीको कुडापानीमा दुर्घट्ना भएको थियो।

 

दुर्घटनामा परी रुपन्देही मणिग्राम ४ का २५ वर्षीय युवराज पाण्डे र मणिग्राम ८ करहियाका ३२ वर्षीय भीमलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।



दुर्घट्नामा परि मणिग्राम ४ का ट्याक्टर चालक ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँकै सहचालक २२ वर्षीय प्रकाश नेपाली घाइते भएका छन्। उनीहरुको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भैरहेको छ।



दुर्घट्नामा परि ज्यान गुमाएका दुवैजनाको बुधवार नै जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। ओरालो बाटो र पानी परेको कारण चिप्लीएकोले ट्याक्टर पल्टिएको प्रहरीको अनुमान छ।