बिगत्त तिन दिन देखि अर्घाखाँचीमा बिजुली बत्ती नहुँदा जिल्ला अन्धकार, सम्पूर्ण मोबाईल तथा संचार सेवा बन्द


 

बुटवल – बिगत्त तिन दिन देखि अर्घाखाँचीमा बिजुली बत्ती नहुँदा जिल्ला अन्धकार हुन पुगेको छ। जिल्लामा सन्चालन भएका सम्पूर्ण मोबाईल तथा संचार सेवा बन्द हुन पुगेका छन भनी प्राप्त समाचारमा जनाइएको छ।

अर्घाखाँची बाहेक गुल्मी, पाल्पा जिल्लामा पनि बिधुत सेवा अबरुद्द हुँदा सम्पूर्ण जिल्लाबासी अध्यारोमा बस्नु परेको समाचारमा उल्लेख गरिएको छ।


यसैगरी जिल्लाबाट सन्चालित एफ.एम रेडियो जस्ता संचारक्षेत्रहरु पनि पूर्ण रुपमा प्रभावित भएका छन।


तीन दिन पहिला आएको अबिरल पानी सहितको भयन्कर तुफानको कारणले पाल्पा जिल्लाको सिस्ने खोलामा रहेको ३३ केबियु बिद्युत प्रसारण लाइनको पोल ढलेको थियो । साथै मर्मत कार्य भईरहेको बिद्युत प्राधिकरणले जनाएको छ ।

 

यसैसम्बन्धी अगाडि प्रकासित चट्यांगवाट अर्घाखाँचीको खनमा रहेको एन् सी एलको टाबर पुर्ण रुपमा क्षती भन्ने शिर्षकको समाचार अनुसार एन सि एल मेरो मोवाईल पुर्ण रुपमा अबरुद्ध भएको छ।

images

images

images

Nepal life insurance