बेलायतका प्रधानमन्त्री डेभिद क्यामरोन मुबारकको अवसानपछि इजिप्टको भ्रमण गर्ने प्रथम विदेशी नेता

बेलायतका प्रधानमन्त्री डेभिद क्यामरोन इजिप्टको राजधानी काइरोमा पुगी मुबारकद्वारा हक-अधिकारको हस्तान्तरण गरिएपछि इजिप्टको भ्रमण गर्ने प्रथम विदेशी नेता बन्नु भएको छ।

                    लण्डनको सञ्चार माध्यमका अनुसार मुबारकले पद त्यागेपछि दश दिने इजिप्टको भ्रमणमा रहनुभएको क्यामरोनले इजिप्टको सशस्त्र फौजका प्रधान कमाण्डर तान्तावी तथा प्रधानमन्त्री शफिकसँग भेट-घाट गर्नुहुनेछ।

 

थाहा भएअनुसार उहाँहरु सबै नै वर्तमान इजिप्टको हक-अधिकारको संरक्षण गर्दै आएका “सर्वोच्च सैनिक समिति”क सदस्यहरु हुनुहुन्छ। त्यस अवसरमा श्री क्यामरोनले उहाँहरुसँग ती अधिकारहरुलाई सेनाबाट सरकारलाई कसरी हस्तान्तरण गर्ने सम्बन्धी समस्याबारे छलफल गर्नुहुने छ।