भारतले बनाएको एच आइ भि बिरुद्धको सुइको पहिलो चरणमा परीक्षणात्मक उपचार

भारतको बहु-औषधि अनुसन्धान गर्ने एक निकायले एच आइ भि बिरुद्धको सुइ प्रयोग गरी प्रथम चरणमा परीक्षणात्मक उपचार गरेको छ। उक्त उपचारबाट कुनै पनि प्रकारको साइड इफेक्ट नभएको पनि समाचारमा जनाइएको छ।

भारतमा हालै एच आइ भि एड्स बिरुद्धको सुइको विकास गरी परीक्षण उपचार गरिएको छ। यसको पूर्ण उत्पादन गत वर्षको डिसेम्बरमा गरिएको थियो।केही रोगीहरूमा गरिएको परीक्षण उपचारले कुनै पनि प्रकारको साइड इफेक्ट नगरेको कुरा भारतीय औषधि अनुसन्धान परिषदका अध्यक्ष डाकटर भि एम कातोचले बताउनुभयो।