जाँदाजाँदै गृहमन्त्री रवि लामिछानेले भने: नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे अनुसन्धान नरोकियोस

 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निश्पक्ष र प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

गृहमन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मन्त्री लामिछानेले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘मेराबारे पनि जवरजस्त प्रश्न उठाइएको छ। मैले त पहिला पनि केही भनेको थिइन। तर, आजसम्म स्वत: प्रभावित हुनुभएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस्। गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ।’ उहाँले भन्नुभयो ‘हामी कहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन। तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नु हुँदैन। सकेसम्म नपार्ने प्रयास गर्नुहोला।’

गृहमन्त्री लामिछानेले भन्नुभयो ‘अनुसन्धान जारी रहेका कारण सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेकै हो। राज्यको गोपनियता मन्त्रीको सनकको भरमा सार्वजनिक गर्नु हुँदैन।’

उहाँले भन्नुभयो हामीलाई लागेको होला के के नै गर्यौं। तर, हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन्। नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के अर्थ ?

गृहमन्त्री लामिछानेले भन्नुभयो सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव नागरिकलाई पर्नु हुँदैन। म जानु र अर्को मन्त्री आउनुमा तपाईंहरुले खासै परिवर्तन महसुस गर्नु पर्दैन। कानूनअनुसार काम गर्न मन्त्री परिवर्तनले के फरक पार्छ र ?

images

उहाँले चार महिनामा धेरै काम गर्न नसकिएपनि केही आधार तयार भएको जनाउनु भयो । उहाँले भन्नुभयो ‘तयार भएको आधारलाई भत्किन नदिनु होला। आशा छ नयाँ मन्त्रीले पनि बनेको आधारलाई सकारात्मक रुपमा ग्रहण गर्नुहुने छ ।’

-एनपी

images

अन्य समाचारहरु