

-डिलराज विसी चण्डीगढ़ , अर्घाखाँची डटकम् ।
भारतको चण्डीगढ़मा नेपाल समाजवादी पार्टीको भातृ संगठन प्रगतिशील नेपाली समाज समिती भारत पंजाब राज्यको आठौं स्थापना दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज का अध्यक्ष मोहन रावत को मुख्य संरक्षकत्व र प्रेम घतानेको सम्योजकत्वमा एघार सदस्य रहेको समिती स्थापना भएको थियो ।


भारतको पंजाब राज्यमा वर्तमान परिवेशमा ६० सदस्यीय पंजाब राज्य समिति रहेको वताईएको छ । नेपाल समाजबादी पाट्रीलाई समर्थन गर्दै आएको प्रगतिशील नेपाली समाज समिती भारत अन्तर्गत पंजाब राज्यले आफ्नो आठौं स्थपना दिवस भब्य रुपमा चण्डीगढ़मा सम्पन्न गरेको छ ।

भारतको पंजाब राज्य समिति अध्यक्ष बिष्णु शर्माको अध्यक्षता , नेपाल समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा प्रगतिशील नेपाली समाज समिती भारतका उपाध्यक्ष पंजाब राज्य संस्थापक प्रेम घतानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन केन्द्रिय सदस्य तथा चन्डिगढ अध्यक्ष मनि लाल रसेलीले गर्नु भएको थियो ।



अन्तरास्ट्रिय नपाली समाज का सदस्य तथा केन्द्रिय पंजाब राज्य सचिव बिनोद शर्मावाट स्वागत मन्तव्य प्रस्तुत भएको कार्यक्रममा कलाकर पवन बिक ले विभिन्न गितबाट स्वागत गर्नु भएको थियो । यस्तै वाल कलाकार पृया बि क को प्रस्तुति समेत रहेको थियो ।

संस्थाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम महिला प्रमुख सुश्मिता ओलि ले पनि आफ्नो मन्तव्यमा महिलाहरु लाई जगाउदै फुर्सद को समयमा संगठनमा लाग्नु पर्छ ,हामी महिला हरु ले आफ्नो हक मागेर हैन अब खोसेर पनि लिनु सक्ने भएका छौ भनेर जान्कारी गराउनु भएको थियो ।


यस्तै मन्डि गोबिन्दगढ जिल्लाबाट केन्द्रिय सदस्य सन्कर लोहार, इन्चार्जपदम सिङ्ग र अध्यक्ष,सुरेश कुमार,चन्डिगड उपाध्यक्ष जीवन हमाल,पंकुला जिल्ला अध्यक्ष इन्दर कुमार ले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । मंतव्यको क्रममा सबै वक्ताले संगठन अझै पंजाबका कुना कुनामा धेरै भन्दा धेरै फैलाउनेमा जोड दिनु भएको थियो ।
– तस्वीर : डिलराज विसी,अर्घाखाँची डटकम् चण्डीगढ़ भारत ।














