

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको हो । घरेलु टोलीमाथि ३–२ को सेटमा जित निकाल्दै भारतले उपाधि उचाल्यो ।


पाचौं तथा निर्णायक सेटमा भारतले १५–५ ले जित निकाल्यो । पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । चौथो सेटमा भारतले २५–२१ ले जित निकालेपछि खेल पाचौं सेटमा धकेलिएको थियो ।












