लुम्बिनी बौद्ध विश्वविद्यालय: निरन्तर शिक्षाका लागि पुस्तकालय विषयक वक्तृत्वकला सम्पन्न (तस्बिर सहित)

-टेकराज भुसाल।

बुटवल। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयकाे आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

May be an image of 7 people, people studying, people smiling, hospital and text

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयले १७ औं राष्ट्रिय पुस्तकालय दिवस-२०८१ काे अवसरमा केन्द्रीय क्याम्पस लुम्बिनीमा “निरन्तर शिक्षाका लागि पुस्तकालय” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो।

May be an image of one or more people and people studying

उक्त प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालयका विभिन्न क्याम्पसमा अध्यनरत १४ जना सहभागी मध्य सिटी क्याम्पस बुटवलका अमर पाण्डेले पहिलो स्थान हासिल गरेका छन् भने दाेस्राे स्थान सिटी क्याम्पस बुटवलकै मनिषा खत्री त्यसैगरी तृतीय स्थान केन्द्रीय क्याम्पसका लाक्पा फुचाे र सान्त्वना स्थान केन्द्रीय क्याम्पसका अनिल गुरुङले हासिल गरेका छन्।

कार्यक्रममा बाेल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बर्जाचार्यले ज्ञान लिनका लागि नभएर कार्यक्रम गर्नका लागि यि र यस्ता दिवस मनाउने गरिएको बताउदै अब बौद्ध विश्वविद्यालयले कार्यक्रमका लागि कार्यक्रम नभई ज्ञान लिने गरि यस्ता कार्यक्रम संचालन गर्नेगरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै रजिस्टार तिलकराम आचार्यले शिक्षक र विद्यार्थी सबैमा पठन संस्कृति कम रहेको दुख व्यक्त पठन संस्कृतिकाे विकास गर्ने उद्धेश्यका साथ पुस्तकालयकाे स्थापना गरिएको बताए।

May be an image of 10 people, people studying, violin and text

कार्यक्रममा उत्कृष्ट पुस्तक अध्ययन गर्ने विद्यार्थीमध्य सिटी क्याम्पस बुटवलबाट दिक्षा ज्ञवाली, सेन्टर क्याम्पस लुम्बिनीबाट विनाेद लाेहदलाई सम्मान पत्र र मायाको चिनाेले सम्मान समेत गरिएको थियो।