सरसफाईमा नमुना बन्यो दलित वस्ती

– वीरेन्द्र केसी, सम्पादक

 

अर्घाखाँची – प्रायः फोहोर देखिने दलित वस्ती यतिबेला सफासुग्गर बनेको छ । गाउँघर सफा गर्नुपर्छ भन्ने शिक्षा पाएपछि गाउँले सरसफाईमा जुटेका हुन । अहिले घर गोठ सौचालय र सिगो गाउँ सफा सुग्गरले चिटिक्क छ ।

 

जिल्लाको पोखराथोक गाविसको मोहर गाउँ सरसफाईमा नमुना बनेको छ । घर आगन र टोलटोलसमेत सफा भएपछि गाउँमा विरामी हुनेको संख्यामा कमी आएको छ । फोहोर वस्तीसँगै खानपानमा समेत ध्यान नदिदा प्रायः जसो वालबालिका देखी गाउँले विरामी भैरहन्थे मोहर गाउँका टिकाराम विकले भने सबै गाउँले विहान उठनासाथ विहान भरि आफनो घर आगन देखी बाटोसम्म सरसफाई गर्नमा व्यस्त हुनथालेपछि अहिले यहाँका वासिन्दाको दिनचर्या फेरिन थालेको छ ।

 

गाउँमा चर्पी बनाएर सरसफाई अभियान सचालन गरेपछि दलित वस्ती सरसफाई भएपछि दलित वस्तीको रुप नै फेरिएको स्थानीयको भनाई छ । सबैले विहान उठेपछि पहिला घरवरपर टोल तथा वस्तीसम्म सफा गरेर मात्र अन्य काममा लाग्ने गरेका छन । उनीहरु अधिकाशले विहान उठने वित्तिकै अनिवार्य नुहाउने बानी कसालेको उनले बताए । यो गाउँ सरसफाईमा अहिले जिल्लाकै नमुना गाउँ भएको छ । सौचालय नहँदा दलित वस्तीका वासिन्दा खुला आकाशमुनी जथाभावी रुपमा दिसा पिसाव गर्दा गाउँ फोहोर बनेको थियो ।

 

समाजसेवा तथा वातावरण सस्कृति समुहले सौचालय बनाउन १५ हजार रुपैयाँ दिएपछि उपभोक्ताले गाउँमा सौचालय बनाएका हुन । गाउँमा सौचालय निर्माणको लागि रकम सगै सरसफाईसम्बन्धी तालिम र शिक्षा दिएपछि गाउँ सफासुग्गर बनाउन उनीहरु आफै जुटेका हुन । समुहका अध्यक्ष बाबुराम पौडेलका अनुसार सफा भएपछि गाउँ अब आत्मनिर्भरका साथै घरमा आउने पाहुनालाई राम्रो अतिथि सत्कार गर्न थालेका छन । घर र गाउँ सरसरपाई भएपछि अन्य काम गर्नमा समेत चेतना अभिवृद्धि भएको पौडेलको दावी छ ।

 

पोखराथोक गाविसको ७० घर दलित वस्तीमा सौचालय बनाउन सामान सिमेन्टसँगै र १५ हजार रुपैया दिएपछि सबैका घरमा पक्की सौचालय बनेका हुन । पोखराथोक गाविसको ४७ ८ र ९ वडामा अधिकाश दलित वस्ती रहेको छ । सौचालय निर्माणपछि खुलादिसा मुक्त गाउँ घोषणा गरिएको छ । कसैले गाउँमा दिसा पिसाव गरे उसलाई जरिवाना समेत गर्ने विकको भनाई छ ।



images

images