हिन्दू शास्त्रअनुसार नेपालमा थुप्रै यस्ता चाडपर्व पर्छन् । चाहे त्यो दसैं होस् वा माघेसंक्रान्ति होस्, शिवरात्री होस्, तीज होस्, फागुपूणिर्मा होस्, जहाँ पनि आफ्नो औकात देखाउने बानी परिसकेको छ । घाँटी हेरी हाड निल्नु भन्ने उखान व्यर्थ भैसकेको छ । प्रसंग जोडौं होली अर्थात् फागुपूणिर्मा, हिरण्यकशिपुकी बहिनी होलिकालाई आगोमा दहन गरी मारेको उपलक्ष्यमा भगवान् विष्णुले खुसी साट्न मनाएको पर्व होली । अहिले बालिका हुन् वा उमेर पुगेका महिला हुन्, फागुपूणिर्मा आउनुभन्दा साता दिन अघिदेखि हिंसाको मारमा पर्छन्, होली त रंगको पर्व खुसी बााड्ने पर्व हो तर आजकाल यो पर्व हिंसाको पर्व बन्न पुगेको छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
कुकर्म गर्ने दुष्टहरूको नाश गर्ने राक्षसहरूलाई तह लगाएको पर्व होली, तर आजकल पर्वको नाममा अनेकौं राक्षसको जन्म भैरहेको छ, आनन्दले परिवारमा खुसी साट्ने सफा रंग लगाएर होली मनाउनुपर्नेमा घरका छत-छतबाट फोहर पानी, कुहिएको अन्डा, गाईवस्तुको गोबर, मोबिल, डिजेलजस्ता दूषित वस्तुले अरूलाई दुःख दियो अनि आफूले आफैंलाई स्याबास भन्यो, बहादुर सम्झ्यो अनि भन्यो बुरा नमानो होली हो । प्रशासनले उर्दी जारी गर्छ हरेक यस्ता पर्वमा जस्तै