हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथको निधन


 

लस एन्जलस – हलिउड अभिनेत्री एलिजाबेथ टेलरको ७९ वर्षको उमेरमा बुधबार निधन भएको छ। हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथ करीब पाँच दशक फिल्ममा सक्रिय रहिन्।

लस एन्जलसको सेडार्स सिनाइ अस्पतालमा उनको निधन हुँदा नाति नातिनी सँगै थिए। उनी १० नाति/नातिनी र चार पनाति/पनातिनीको रेखदेखमा थिइन्। ५९ वर्षको उमेरमा आठौं बिहे गरेकी उनी वैवाहिक जीवनका कारणले पनि चर्चामा आएकी थिइन्। त्यस्तै ७५ वर्षको पुग्दा उनले साथी जेसन विन्टर्स्सँग नवौं बिहे गरेको हल्ला चलेको थियो। तर उनले त्यसको खण्डन गरेकी थिइन्।


अमेरिकन फिल्म इन्स्टिच्युटले प्रकाशन गरेको