मुम्वई – भारतले २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि शनिबार हात पारेको छ । मुम्वईमा भएको फाइनलमा उसले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्यो । भारतले यस अघि सन् १९८३ मा विश्वकप जितेको थियो ।
पहिले ब्याटिङगरेको श्रीलंकाले ६ विकेट क्षतिमा २ सय ७४ रन बनायो । उसकालागि महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन बनाए ।
प्रत्युत्तरमा भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो । भारतीय कप्तान महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो ।